धनगढी- धनगढीमा लागूऔषध र नगदसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ ट्याम्पल रिसोर्ट नजिकबाट गौरीगंगा नगरपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ मा कोठा गरी बस्ने २६ वर्षीय रोहन परियार एक सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र नगद ४१ हजार २९० सहित सोमवार पक्राउ परेका हुन्।
यस्तै धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट धनगढी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय अशोक पालसहित दुई जनालाई ३७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ गरिएको छ।
यी दुबै जनाले प्रयोग गरेको स्कुटी १ थानसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।















