धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकारिता योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति रासस का सुदूरपश्चिम प्रदेश प्रमुख सिद्धराज भट्टलाई सम्मान गरेको छ ।
महासंघ शुक्रबार धनगढीमा आयोजित तेस्रो अधिवेशन तथा चौथो साधारसभामा भट्टलाई जेष्ठ पत्रकारिता सम्मान प्रदान गरेको हो ।
भट्टलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सम्मान पत्र र दोसल्लासहित सम्मान गरेका थिए ।
सुदूरपश्चिमको पत्रकारिताको विकास तथा स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि २८ वर्ष देखि निरन्तर पत्रकारितामा रहि महत्वपूर्ण योगदानको गरेको भन्दै भट्टलाई जेष्ठ पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा पत्रकार कर्ण शाह, अर्जुन शाह, राजेन्द्र नाथ, निमेन्द्र शाही, दीर्घराज उपाध्याय, हेमन्ती चौधरी र दीपक उपाध्यायलाई समेत सम्मानित गरिएको थियो ।













