धनगढी-कैलालीमा मिनी ट्रक दुर्घटना हुँँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से १ ख १६२७ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। मिनी ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–७ मनेराका ५५ वर्षीय जुगाराम चौधरीको मृत्यु भएको छ।
चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मिनी ट्रकमा सवार एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र दुई जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरेहको जनाइको छ। मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।















