धनगढी ।प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न दुई जना लाई पक्राउ गरेको छ ।
शुक्रबार साझ कैलालीको धनगढी २ रारा होटलबाट प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो । धनगढी
०२ मिलनचोक स्थित वडा प्रहरी कार्यालय धनगढीबाट प्र नि जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले रारा होटेलमा शंका लागी चेकजाँच गर्दा उक्त होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल साहु जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका ०४ बस्ने बर्ष ३३ को नरेश ऐर र जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका अन्तर्गत बस्ने बर्ष २५ की गिता केसी लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र सिंह बोहरा ले जानकारी दिए ।













