• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

आरन व्यवसायबाट राम्रो आम्दानी

  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित

अत्तरिया- परम्परागत सीपमा आधारित आरन व्यवसायबाट यहाँका व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय आरन व्यवसायी घट्दै गएका भए पनि व्यवसायमा लागेकाले भने राम्रो आम्दानी गर्न थालेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका खेमबहादुर विकले पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर मात्रै दिनमा एक हजार पाँच सयदेखि रु दुई हजारसम्म आम्दानी गर्ने गरेको बताए ।

“कुनै दिन रु तीन हजारसम्म पनि आम्दानी हुन्छ, नयाँ सामान बनाउनसके त राम्रै कमाइ हुन्छ, पुराना मर्मत गरेर पनि कमाइ ठिकठिकै हुन्छ, दैनिक रु एक हजार पाँच सयसम्म बचत हुन्छ”, उनले भने, “खेतीपाती गर्न जग्गा जमिन छैन्, अन्य रोजगारी पनि केही छैन, सात जनाको परिवार छ, छोराछोरीको लालनपालन, पढाइलेखाइ खर्च यसैबाट चलाएको छु ।”

नयाँ बनाएको बञ्चरोलाई रु तीन हजारसम्म, हँसियालाई पाँच सयदेखि एक हजार पाँच सयसम्ममा बिक्री गर्ने गरेको विकको भनाइ छ । “कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने सीप छ”, ४० वर्षीय विकले भने, “आधुनिक औजारको प्रयोग गरेर काम गर्न पाएको भए त मनग्य आम्दानी हुन्थ्यो ।”

त्यस्तै जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारका शेरबहादुर तिरुवाले आरन व्यवसायबाट राम्रै आम्दानी हुने गरेको बताए । उनले भने, “दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ हुन्छ, कुनै दिन तीन हजारसम्म पनि कमाइ हुन्छ, खर्च कटाएर दैनिक एक हजार पाँच सयसम्म बचत हुन्छ ।”

उनले सम्पूर्ण घर खर्च यसै आरन पेसाबाट चलाएको बताए । उमेरले ५० वर्षीय तिरुवाले भने, “१० जनाको परिवार यसै पेसाबाट पालेको छु, अरु आम्दानीको स्रोत केही छैन ।” औजार आधुनिक किसिमका भए आरन पेसाबाट अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

“हामीले काम गर्ने औजार पुरानै भए, यी औजारबाट सामान बनाउन मेहनत धेरै लाग्छ”, उनले भने, “औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो, आम्दानी पनि बढी लिन सकिन्थ्यो, अरुलाई रोजगारी पनि दिन सकिन्थ्यो ।”

उनले कृषि तथा घरायसी प्रयोजनका सबै सामान सबै सामान बनाउने गरेको बताए । उनले भने, “नयाँ तयार गरिएको एउटा हँसिया एक हजारदेखि एक हजार पाँच सय, खुडा तीन हजारसम्ममा बिक्री हुन्छ ।”

त्यस्तै सोही ठाउँका खडक तिरुवाले पनि आरन व्यवसायबाट दैनिक एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको बताए । “मेहनत पनि छ, आम्दानी पनि हुन्छ, मैले कुटो, कोदालो, बञ्चरो, हँसियालगायत कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने गरेको छु”, तिरुवाले भने ।

उनको पाँच जनाको परिवार छ । सबै घरखर्च, छोराछोरीको पढाइलेखाइ यसैबाट धानेको उनको भनाइ छ । आरनकै काम सिकेकाले अरु काम गर्न मन नलाग्ने उनी बताउँछन् । उनका अनुसार पुरानै शैलीमा काम गरिने भएकाले मेहनत बढी लाग्छ ।

“व्यवसाय समयानुकूल आधुनिकीकरण हुनसके राम्रै आम्दानी हुन्थ्यो”, उनले भने, “आरनमा काम गर्न दुई जना अनिवार्य चाहिन्छन्, आधुनिक किसिमका विद्युतीय औजार भएको भए काम गर्न सजिलो हुन्थ्यो, आरनको काम गर्ने पनि बढ्थे होला ।” रासस

  • आरन व्यवसाय
आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.