कैलाली । शारिरक एबं मानसिक रुपमा स्फुर्त बनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले १२ किलोमिटर रन उईथ फन कार्यक्रम गरेको छ ।
आज बिहान गरिएको सो कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरी लगायत ३५ जनाको टोली रहेको कार्यालयले जनाएको छ ।

कार्यरत प्रहरीको काम कारबाही प्रभाबकारी बनाउने उदेश्यले पनि सो कार्यक्रम गरिएको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताए ।













