कैलाली । धनगढी उपमानगरपालिका–७ स्थित जाखौर तालमा रहेको जलकुम्भी सफा गरिए पश्चात पुनः जलीय वनस्पतीसँंगै जलीय प्राणीको पुनःस्थापना हुने विश्वास गरिएको छ ।
जलकुम्भीले ताल नै भरिएको अवस्था थियो,सफा गरिए पश्चात पानी परेको दिनबाट जलीय वनस्पती र जलीय प्राणी पुनःस्थापना भएर जाने विश्वास गरिएको हो ।
देवहरिया वनस्पति उद्यानका प्रमुख गंगादत्त भट्टले भने ‘जलकुमभीका कारण आदिम प्रजातिका निलो,सेतो कमलसँगै जंगली धान तालबाट हराएको अवस्था थियो । सबै फोहोर सफा गरेका छौँ । छिटै पानी पर्नासाथ पुनःस्थापित हुने विश्वास लिएका छौँ ।
कृषि वन विज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि उपयुक्त स्थान भएको यो क्षेत्र मा ५० प्रजातिका जलीय वनस्पती रहेको उनको भनाइ छ । उद्यान क्षेत्र जम्मा १ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ताल १३ हेक्टर क्षेत्रफलमा अवस्थित छ ।
यहाँ एक हजार प्रजातिका बिरुवा हुन सक्ने जनाइएको छ । ‘अनुसन्धानकै क्रममा राखेका छौँ’। उद्यान प्रमुख भट्टले भने ‘आर्थिक अभावका कारण अनुसन्धान गर्न सकिएको छैन ।’
वन विज्ञान स्नातक तहमा अध्ययनरत ७ जना विद्यार्थी चितवनबाट हालै रिसर्च गर्न यहाँ आएको उनले बताए ।
यसलाई लिभिङ्ग जिन बैंकको रुपमा विकास गर्नाले विद्यार्थीलाई रिसर्च गर्न सहज हुने उनले बताए । उनले भने ‘गुणस्तरीय बिरुवा छनौट गर्न समय लाग्छ । एकै चोटी नागरिकले नाफा भएको देख्दैनन विस्तारै नतिजा दिने हो । नतिजा दिएपछि मात्र थाहा हुन्छ ।’
सबैको सहयोग भए यसलाई पर्यटकीय गन्तव्यसँगै लिभिङ्ग जिन बैंकको रुपमा विकास गर्न सकिने उद्यान प्रमुख भट्टले बताए ।













