कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-३ बस्ने २७ वर्षीया निलम अबस्थी र भीमदत्त नगरपालिका-९ बस्ने २८ वर्षीय हिरा नाथ १४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल स्थित नेपाल भारतको सिमानामा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको जनाएको छ।















