धनगढी । कैलालीमा तिन जना ब्यतिm अबैध लागु औषध सहित प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा धनगढी ७ बेली बस्ने बर्ष ३३ को भुबन बम,१५ बस्ने बर्ष २४ को नविन चौधरी र बर्ष २९ बलभुत राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी ७ बेलीबाट लागू औषध सेवन गरिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट १८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













