कैलाली । अनैतिक कृयाकलापमा दुई जना पुरुष सहित दुई जना महिला प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा गोदावरी १ बस्ने बर्ष ४५ को पुरुष, सोही ठाउ बस्ने बस्ने बर्ष ४५ की महिला, र ७ बस्ने बर्ष२८ की महिला , धनगढी उपमहनगरपालिका ५ बस्ने बर्ष ५२ को पुरुष रहेका छन । सनिबार साँझ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटि गएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका २ स्थित होटलहरुमा शंका लागी चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको अबस्थामा उनीहरुलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरी सार्वजनिक हित समेत बिरुद्धको कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको जनाएको छ ।













