कैलाली ।पौडीखेल्न गएका एक जना बालकको कान्द्रा नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको भजनी नगरपालिका ९ भुरुवा बस्ने करन राजीको छोरा बर्ष १५को दिपेश राजी रहेको प्रहरीले जनाएको छ । दिपेश राजी सोही वडाको आफ्नै घर देखी अन्दाजी ३ कि.मी टाढा रहेको कान्द्रा नदीमा साथीहरुसंग पौडी खेल्ने क्रममा नदीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा कबिन्द्र सिह बोहराले जानकारी दिए ।
उनकै साथीहरुले डुबेको लास पानीबाट निकाली नदीको किनारामा राखी घरमा खबर गर्नासाथ सोही गाउको भल्मान्सा बिल्लु राजीले टेलिफोन मार्फत जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकी गञ्जुवाबाट प्रहरी टोली खटिएको उनले बताए ।
थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय भजनीबाट प्र.नि लोक राज जोशीको कमाण्ड सहितको प्रहरी टोलीले लास पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा पठाएको र पोष्टमार्टम पश्चाुत मृतकको काका सुन्दर राजीले लास बुझी लगेको उनले बताए ।













