• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ४. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

मिडिया काउन्सिल विधेयकप्रति प्रेस काउन्सिलका पदाधिकारीहरू असन्तुष्ट

  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका प्रावधानमाथि प्रेस काउन्सिल नेपालका पदाधिकारीहरू असन्तुष्ट देखिएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिमा मिडिया काउन्सिल विधेयक २०८० माथिको छलफलका क्रममा काउन्सिलका अध्यक्ष र सदस्यले असन्तुष्टि व्यक्त गरेका हुन् । सो छलफलमा भाग लिँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विधेयकको मस्यौदा बनाउने बेला प्रेस काउन्सिलको राय नलिएकोमा असन्तुष्टि व्यक्त गरे ।मिडिया काउन्सिल विधेयकका विभिन्न दफाहरूमा गरिएका व्यवस्थाहरूमा व्यापक संशोधन आवश्यक रहेको उनले बताए ।

काउन्सिल अध्यक्ष बस्नेतले विधेयकको सैद्धान्तिक अवधारणा पत्रमा नै विभिन्न अस्पष्टताहरू रहेको बताए । युट्युब अन्तर्गत चलेका मिडियालाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती भइरहेका बेला अहिले नयाँ डिजिटल प्रविधि ‘एआई’ आएकोले त्यसलाई हेर्नका लागि विधेयकमा कुनै व्यवस्था नभएकोले विधेयकमा रहेका व्यवस्था पर्याप्त नभएको उनले उल्लेख गरे ।

उनले प्रेस काउन्सिलको नामको सट्टामा मिडिया काउन्सिल भनेर अर्को नाम राख्न लागिएको प्रति पनि आपत्ति जनाए । स्वच्छ व्यावसायिक पत्रकारिता गराउने सैद्धान्तिक उद्देश्य राखिएको छ भने नाम नै फेर्नु पर्छ भन्ने आवश्यकता नभएकोमा जोड दिए ।

यस्तै अध्यक्ष बस्नेतले काउन्सिलले २०४८ सालको ऐनमा टेकेर फेसबुकमार्फत समाचार सामग्री आयो भने त्यो समाचार हो कि होइन भन्ने भ्रम रहिरहेका बेला विभिन्न दफामा भएको व्यवस्थामा टेकेर युट्युब र सामाजिक सञ्जाल मार्फत सञ्चालित सञ्चार माध्यमलाई पनि अनुगमनको दायरामा ल्याएर अनुगमन गरिरहेको बताए ।

यस्तै मिडिया काउन्सिलमा राखिएको ‘प्रेस पास’ जारी गर्ने अधिकार काउन्सिललाई प्रावधान भने राम्रो रहेको बताए ।

उनले मिडिया काउन्सिल २०६२ सालमै ल्याउन खोजिएको र अहिले पछिल्लो पटक पनि काउन्सिललाई सरकारले नियन्त्रण गर्ने उद्देश्यका साथ विधेयकमा विभिन्न प्रावधानहरू राखिएको प्रति सांसदहरूको ध्यानाकर्षण गराए ।

विधेयकको दफा ३३ मा काउन्सिललाई स्वायत्तता दिने भन्ने तर सञ्चार मन्त्रालयलाई वार्षिक प्रतिवेदन बुझाउने भनिएको विषय पनि अमिल्दो भएको बताए । हाल काउन्सिलले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने गरेको उनले जानकारी गराउँदै यस्ता कुराहरूमा सांसदहरूले ध्यान दिनुपर्ने बताए ।

२०४८ सालमा जारी प्रेस काउन्सिल ऐनमा नेपालबाट प्रकाशित पत्रिकाको सम्परीक्षण सम्बन्धी व्यवस्था रहेको र एउटा कमिटीको सिफारिसका आधारमा पत्रपत्रिकाले सरकारी विज्ञापन दिने व्यवस्था गरेको तर अहिलेको मिडिया काउन्सिल विधेयकमा पत्रपत्रिका सम्परीक्षण सम्बन्धी व्यवस्था नभएकोमा उनले यी विषय थप गर्नुपर्ने बताए ।

उनले भने,‘पत्रपत्रिका मात्र हैन अहिलेका नयाँ मिडियाहरू, राम्रा अनलाइन, रेडियो, टिभी सञ्चार माध्यमहरूलाई पनि लोक कल्याणकारी दिन सकिने व्यवस्था गर्न सकिन्छ । राम्रो काम गर्ने सञ्चार माध्यमले सरकारी विज्ञापन पाउने बाटो खुल्छ । यसबारे विधेयकमा कुनै व्यवस्था गरिएको छैन । सरकारले लोक कल्याणकारी विज्ञापन दिएका कारण अहिले झन्डै साढे ८ सय बढी पत्रिका चलिरहेका छन् ।’

अध्यक्ष बस्नेतले प्रेस काउन्सिल ऐन तत्काल संशोधन गर्न आवश्यक रहेको भन्दै केही नेपाल ऐन संशोधन मार्फत २०७९ साउन २६ गते दुई बुँदा परिवर्तन गर्न सरकारलाई सिफारिस गरे पनि अहिलेसम्म संशोधन नभएको बताए ।

हाल ऐनमा रहेको पत्रकारिता भन्ने शब्दको सट्टा सञ्चारमाध्यम राख्न र पत्रपत्रिकाको मात्र नभई सबै सञ्चारमाध्यमको वर्गीकरणको व्यवस्थाका लागि संशोधन गर्न प्रस्ताव राखेको तर अहिलेसम्म सरकारले नसुनेको उल्लेख गरे ।

उनले विधायन समितिलाई विधेयकमा रहेका प्रावधान संशोधनका लागि प्रेस काउन्सिलको तर्फबाट लिखित रूपमा नै संशोधन प्रस्तावको पत्र उपलब्ध गराउने उल्लेख गरे ।

यस्तै प्रेस काउन्सिल सदस्य एवं पत्रकार ठाकुर बेलबासेले विधेयकको नाम परिवर्तन गर्न आवश्यक नभएकोमा जोड दिए । उनले प्रेस काउन्सिलको नाम परिवर्तन गर्दैमा नेपाली पत्रकार र पत्रकारिताको गरिबी नहट्ने बताए । देश संघीयतामा जाँदैमा सबै निकाय प्रदेश तह अन्तर्गत जान आवश्यक नभएको बताउँदै काउन्सिललाई प्रदेश तहमा लैजान आवश्यक नभएको बताए ।

उनले पछिल्लो समय विश्वमा सोसल मिडियालाई पनि प्रेस भन्ने कि भन्ने बहस चलिरहेको अवस्थामा नेपालमा सामाजिक सञ्जाल समेतलाई मिडिया भनिएको र यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा विधेयकमा आउनुपर्नेमा जोड दिए ।

काउन्सिल सदस्य बेलबासेले हाल विधेयकमा रहेको काउन्सिलको गठन प्रक्रिया गठन सम्बन्धी प्रावधानमाथि प्रश्न उठाए । कर्मचारी सहसचिवको नेतृत्व मुनी बसेर काउन्सिलको स्वयक्तताको कल्पना गर्नु दुःखदायी भएको उनले बताए । उनले सरकारले सहसचिवको नेतृत्वमा काउन्सिल चलाउन खोजिएको र यसले मिडिया ध्वस्त हुने बताए ।

यस्तै बेलबासेले काउन्सिलको अध्यक्ष हुनका लागि ४० वर्ष उमेर हद आवश्यक नभएको तर व्यक्तिको क्षमता र इमान्दारिता हेर्नुपर्नेमा जोड दिए । काउन्सिलको अध्यक्ष नभएको अवस्थामा सहसचिव स्तरको कर्मचारीले नेतृत्व गर्ने व्यवस्था ठिक नभएको बताए । उनले विधेयकमाथि व्यापक संशोधन आवश्यक रहेको बताए ।

२०७५ सालमा राष्ट्रिय सभामा दर्ता भएर २०७७ सालमा सोही सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको यो विधेयक प्रतिनिधि सभाबाट पारित हुन सकेको थिएन । सरकारले फेरी २०८० सालमा यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेपछि यसमाथि विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको छ ।रातोपाटीबाट

  • मिडिया काउन्सिल विधेयकप्रति प्रेस काउन्सिलका पदाधिकारीहरू असन्तुष्ट
आइतबार, असार ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ४.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.