कैलाली । सुदुरपश्चिम प्रहरी कार्यालयका प्रमुख एबं प्रहरी नायब महानिरीक्षक रबिन्द्र केसीले जिल्ला प्रहरी कार्यालय बाजुराको अनुगमन गरेको छ । उनले कार्यालयबाट दैनिक रुपमा हुने काम कारबाही, लगाएतका सेवा केन्द्रको निरिक्षण गरेको हो ।
दैनिक रुपमा सम्पादित हुने काम कारवाही, सेवा प्रवाह र अपराध अनुसन्धानका साथै सेवा प्रवाह गर्ने अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नगारिक सेवा केन्द्र, कार्यालय शाखा, सामुदायिक शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा, हिरासत कक्ष, प्रहरी परिचालन कक्ष, ब्यारेक समेतको उहाले निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अनुगमनको क्रममा मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना,जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधि बारे जानकारी लिई प्रहरीले कानुन कार्यान्वयनमा सदैव प्रतिबद्द हुन र सर्वसाधारण नागरिक प्रति नरम रुपमा प्रस्तुत हुन पनि उनले सुझाव दिए । प्रहरी आचरण र काम कर्तव्यको सही रुपमा परिपालना गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई उनले निर्देशनात्मक सम्बोधन समेत गरेका थिए । ।













