धनगढी ।कैलालीको धनगढीमा भ्यागुताको बिहे गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको हो ।
भ्यागुतोको बिहे गरे पानी पर्ने धार्मिक रुढीबादी रहेकोले सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएको हो ।
धनगढीमा पानी नपर्दा गर्मी बढेको छ । भ्यागुताको बिहे गरेपछि पानी पर्ने विश्वासका साथ गोठालो डेरीले एक जोडी भ्यागुता खोजेर बिहे गराएको हो













