धनगढी । कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न दुई जना पुरुष सहित एक महिला लाइ प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा गोदावरी नगरपालिका ४ बस्ने बर्ष ३३ को पुरुष, , डोटी जोरायल गाउँपालिका ६ बस्ने बर्ष २८ को पुरुष र बझाङ जयपृथ्वी नगरपालिका ११ बस्ने बर्ष ३५ कि एक महिला रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले गोदावरी नगरपालिका २ बसपार्क स्थित होटलमाहरुमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीका लागी ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।













