कैलाली । बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा वन मुद्दामा १९ दिन कैद सजाय र रु . १९,०९६जरीवाना तोकिएको जानकी ८ बस्ने बर्ष ६० को राम किसन चौधरी र लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको घोडाघोडी १ बस्ने बर्ष ३२ को जनक बोहरा रहेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।













