धनगढी ।कैलालीमा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा घोडाघोडी १२ नकफोडुवा बस्ने बर्ष ३७ को मोहन बहादुर खत्री रहेका छन ।
मंगलबार साँझ इलाका प्रहरी कार्यालय सुखड,कैलालीबाट खटि गएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा कैलाली, घोडाघोडी १२ नकफोडुवा बस्ने खत्रीकै घरमा लुकाई छिपाई राखेको अवस्थामा ३ नाल भरूवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिई,अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













