कैलाली ।जिल्ला प्रहरी कार्यालय बैतडीले जातिय छुवाछुत तथा बाल विवाह न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्म गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय बैतडी र दलित समाज बिकाश मञ्चको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बैतडी दशरथचन्द नगरपालिका २ देहिमाण्डौं स्थित वडा कार्यालयको सभाहलमा सो कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, बुद्दिजिवी, महिला, सर्वसाधारण गरी अन्दाजी ७० जनाको उपस्थिती रहेको जिल्ला प्रहरी कर्यालयका प्रमुख एबं प्रहरी नायव उपरीक्षक दिपक गरीले बताए ।













