• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन

  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

टीकापुर- टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई स्वस्थ र निरोगी रहन पोषणयुक्त खानपान र सक्रिय जीवनशैली, सन्तुलित आहार, जीवन चक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकतालगायत विषयमा जानकारी दिन ‘पोषण कर्नर’ सञ्चालन गरिएको नगरपालिकाले जनाएको हो ।

मानिसले स्वस्थ जीवनयापन गर्न पोषणयुक्त खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्ने भएकाले पोषणयुक्त खानपानमा लगानी बढाउनुपर्ने सरोकार भएका बताउँछन् । नगरभित्रका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा छ भने चार स्वास्थ्य संस्थामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नगर कार्यालयले जनाएको छ । मानिस निरोगी रहन र सिर्जनात्मक काम गर्न शारीरिक तथा बौद्धिक क्षमता राम्रो हुनुपर्ने चिकित्सक बताउँछन् ।

पोषणमा लगानी वृद्धिसँगै पोषणको महत्वबारे आमनागरिकलाई सिकाउन स्वास्थ्य संस्थामा मात्रै नभइ अन्य कार्यालयमा पोषण कर्नर राख्नुपर्ने कैलालीका सुमन खड्काले बताए । स्वास्थ्य संस्थाबाहेक जिल्लाका अन्य सार्वजनिक निकायमा पनि यो कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने उनको भनाइ छ । टीकापुरस्थित आँखा उपचार केन्द्रमा सेवा लिन आउनुभएका खड्काले पोषण कर्नरबाट नागरिकलाई पोषणबारे ज्ञान सिकाइने हुँदा जानकारीको अभावमा सन्तुलित खानपानबाट वञ्चित भएकाहरु लाभान्वित हुने बताए ।

स्थानीयस्तरमा पाइने सागपात, फलफूल, गेडागुडीको प्रयोग गरेर पोषणयुक्त खानेकुरा कसरी खान सकिन्छ भन्ने सिकाइ हुने भएकाले यो कार्यक्रम सबै कार्यालयमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिए । “मैले पोषण कर्नरबाट आफ्नै बारीमा पाइने खानेकुराको महत्व थाहा पाए”, उनले भने, “चित्रमा देखेका कुरा छिटो याद आउने र प्रभावकारी पनि हुने रहेछ”, खड्काले भने । सेवाग्राहीलाई पोषणको महत्वबारे सिकाउने पोषण कर्नर हरेक कार्यालयमा राख्नुपर्ने कार्यालयको दायित्वभित्र पर्ने उनको भनाइ छ ।

खाना र पोषणसँग सम्बन्धित धेरैजसो समस्या अपर्याप्त, असन्तुलित वा चाहिनेभन्दा धेरै वा कम खाना वा पौष्टिक पदार्थ उपभोगका कारणले हुने गर्दछ । अस्वस्थ खानपानको व्यवहारले विभिन्न रोग लाग्ने मात्र नभई अकालमै मृत्युको जोखिम पनि हुन्छ । यस्तो जोखिम हटाउन पोषण कर्नरको अवधारण लागु गरिएको नगर कार्यालयले जनाएको छ । टीकापुर–३ का राजेन्द्र विश्वकर्मा मानिसले सिकाएको ज्ञानभन्दा चित्रमा देखेको कुरा बढी याद हुने भएकाले स्वास्थ्य संस्थामा मात्र नभई नागरिकले सेवा लिने हरेक कार्यालय, सङ्घसंस्था वा सार्वजनिक स्थानमा पोषण कर्नर राख्नुपर्ने सुझाव दिए ।

“स्वास्थ्य संस्था मात्र होइन पोषण कर्नर हरेक कार्यालयमा राखिनुपर्छ”, उनले भने, “स्वस्थ जीवनशैलीका लागि मानिसलाई खानपानबारे सिकाउन आवश्यक छ ।” खानामा आवश्यक पौष्टिक तत्वबारे विद्यार्थीलाई सिकाएमा घरपरिवारसचेत हुने भएकाले विद्यालयमा पोषण कर्नर अनिवार्य राख्नुपर्ने विश्वकर्माले बताए । “यहाँका विद्यालयमा पोषण कर्नर राखेको देखिँदैन । आउँदा दिनमा सबै विद्यालयमा पोषण कर्नरको व्यवस्था हुनुपर्छ”, शिक्षिका शान्ति नेपालीले भने ।

विद्यालयमा धेरै बालबालिका हुने भएकाले पालिकाले सबै विद्यालयमा पोषण कर्नर राख्नुपर्ने भन्दै चित्र कोरेर वा प्रिन्ट गरेको कर्नर मात्र भए राख्न उहाँले सुझाव दिए । टीकापुर(५ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा पोषण कर्नर राखिएको छ भने वडा कार्यालयमा छैन । वडाध्यक्ष बलवीर थारुले पोषणका बारेमा सर्वसाधारणलाई जानकारी दिन पोषण कर्नर आवश्यक रहेको बताए । “अहिले सात वटा वडामा सञ्चालन गरेका छौँ । आगामी वर्ष बाँकी वडामा पनि राख्नेछौँ”, उनले भने, “मानिसको स्वास्थ्य प्रमुख प्राथमिकतामा पर्ने भएकाले यसबारे सबैलाईसचेत गराउन जरुरी छ ।”

पोषण कर्नरमा सागसब्जी, नुन, गेडागुडी, माछामासु, दाल, अन्न, कन्दमूल, तरकारीलगायत वस्तु र ती वस्तुको महत्वका बारेमा जानकारी राखिएका वडाध्यक्ष थारुले जानकारी दिए । कर्नरले मानिसलाई स्वस्थ्य रहन खानपानमा ध्यान दिनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाइ छ । “हामीले नभएका ठाउँमा पोषण कर्नरका लागि बजेट सुनिश्चित गरेका छौँ”, वडाध्यक्ष थारुले भने, “वडादेखि अन्य कार्यालयमा पनि राख्न सके प्रभावकारी नजिता आउने थियो । जनप्रतिनिधिले भौतिक पूर्वाधारलाई बढी महत्व दिएकाले पोषणमा कम लगानी भएको छ, यसमा सुधार हुनुपर्छ ।”

पोषण कर्नरले स्वस्थ्य रहन खानपान र सक्रय जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास जनप्रतिनिधि र कर्मचारीले लिएका छन् । कार्यपालिका सदस्य दीपक निसानीले स्वास्थ्य कार्यालयमा मात्र नभई सेवाग्राही आउजाउ गर्ने पालिकाको स्वामित्वमा रहेका सबै कार्यालयमा पोषण कर्नर राख्न पहल थालिएको बताए । “आगामी वर्षको बजेटमा पोषणलाई प्राथमिकता दिनेछौँ”, उनले भने, “पोषण कर्नर सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा राख्नेछौँ ।”

खानपानको असन्तुलनले बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, सुत्केरीलगायतलाई कुपोषणको समस्या हुनुका साथै मुटुसम्बन्धी, मधुमेह, क्यान्सरलगायत रोगको पनि जोखिम रहने चिकित्सक बताउँछन् । सन्तुलित आहार, जीवनचक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकता, विभिन्न खाद्य वस्तुमा उपलब्ध हुने पोषक तत्व र तिनको महत्व, खानपानसँग सम्बन्धित असल अभ्यासबारे अवलोकन गराउँदै परामर्श दिन पोषण कर्नर स्थापना गरी प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्ने सरोकार भएकाको सुझाव छ । रासस

  • स्वास्थ्य संस्थामा
शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.