धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित शीतलपुर शिविरमा उपमहानगरपालिकाले डोजर चलाएको छ । उपमहानगरपालिकाले आइतबार नगर विकासको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काएको हो । शिविरमा रहेका
१३ वटा घरटहरा भत्काइएका स्थानीयले बताएका छन् । घर भत्काइएपछि यहाँ बस्दै आएका नागरिक सामान लिएर सडकमा बसेका छन् । घर भत्काएपछि यहाँ बस्दै आएका नागरिक विचल्लीमा परेका छन् ।

















