धनगढी । कैलालीमा चट्याङबाट ६ जना घाईते भएका छन भने २ जनाको मृत्यु भएको छ । कैलालीको जोशीपुर ३ भितरिया बस्ने बर्ष ३१ को जयराम डगौरा घर देखि अन्दाजी ३०० मि टाढा आफ्नै खेतमा आलि बनाउने क्रममा चट्याङ लागी घाईते भई उपचारको लागि आफन्तले स्थानिय महापार्वती क्लिनिकमा ल्याएकोमा उपचार क्रममा मृत्यु भएको, छ । त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने बर्ष २७ को शालिम चौधरी आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागी घाईते भई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा कैलाली जानकी गाउँपालिका वडा नं ४ बेलपुर बस्ने बर्ष २९ की रिता कठरिया, सोही ठाउ बस्ने बर्ष २३ की सुस्मा डगौरा, जिल्ला कैलाली भजनी ६ बस्ने बर्ष ५५ को राम बहादुर चौधरी, जिल्ला कैलाली घोडाघोडी ९ बुदेनी बस्ने बर्ष ९ की सरस्वती भुल, सोही ठाउ बस्ने बर्ष ७ की पारु कठायत र सोही ठाउका बस्ने बर्ष १० की खिमा कठायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













