धनगढी- कैलालीको चुरे गाउँपालिकाको विकास निर्माणका लागि ७४ जनाले रोजगारी पाएका छन । चालु आर्थिक बर्ष २०८०र८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चुरेमा उनीहरुले रोजगारी पाएका हुन ।
वडा कार्यालयको पर्खाल निर्माण ,मंगलपुर मस्ये सडक मर्मत , चौतारी नौमुलेधाम पदमार्ग निर्माण योजनामा उनीहरुले काम गरेको चुरे गाँउपालिका रोजगार संयोजक हिराकुमारी भाटले निशाना न्युजलाई जानकारी दिइन ।
त्यस्तै बोजे खोलादेखि सानो धपरेनी गोरेटो बाटो निर्माण र चौकी डाँडा देखि सुब्बा डाँडा घोरेटो बाटो निर्माण र चमेरो गुफा जाने गोरेटो बाटो तथा फिल्ड निर्माण योजनामा उनीहरुले काम गरेको उनले बताइन ।
नवाडी सेरा,भक्तपुर–वसर सडक मर्मत,कुटीदेखि लोसे बाटो निर्माण,वडा कार्यालय गार्डेन निर्माण तथा पद मार्ग निर्माण ,ढुवानी मेलखोला गोरेटो बाटो निर्माण, शान्तिनगर वसेरी गोरेटो बाटो निर्माण योजनामा रोजगारी पाएको भाटको भनाइ छ ।
सो कार्यक्रम अन्तरगत ४९ लाख ९४ हजार बजेट बिनियोजन भएर आएको उनले बताइन ।
खर्च ४९ लाख ४३ हजार दुई सय भएको उनले बताइन । बचत ५० हजार ८ सय छ उनले भनिन् बचेको सो रकम फ्रीज भएर जाने छ ।
रोजगार सिर्जना गर्ने उदेश्यले बिश्व बैंकले दिएको ऋण सोध भर्नाबाट २६ लाख ७२ हजार रकम र नेपाल सरकारको तर्फबाट २३ लाख २२ हजार रकम आएको उनले बताइन ।
रणनीती निर्माण,रोजगार सम्बाद मञ्च गठन,श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम,मसलन्द,सुदृढिकरण र ३ जनाको तलबका लागि १९ लाख ८९ हजार बजेट आउने गरेको उनको भनाइ छ ।













