धनगढी । कैलालीमा ४ लाख६४,हजार ६७० मुल्य पर्ने भन्सारी छलीका समान प्रहरीले बरामद गरेको छ ।
प्रहरी कार्यालय कैलाली र मातहत समेतबाट खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा एरिया ट्राफिक चौराह, पुरानो भन्सार रोड, वडा नं१८ भजनी नपा स्थित आमबारी, महादेउली, कैलारी गापा स्थित गोबरेला र लम्की(चुहा न।पा। २ मोतिपुर स्थित भित्रि सडक खण्डबाट भन्सार छलि गरी ल्याएको कम्पनीका मोसा थान २, कपडाहरु, खाद्य पदार्थहरु, माछा, बोईलर कुखुरा र किराना पसल समानहरु गरी अन्दाजी मुल्य रू ४,६४,६७० बराबरको मालसमानहरु फेलापारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
४ लाख बढीका भन्सार छलीका सामान बरामद
४ लाख बढीका भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













