धनगढी । सुदुरपश्चिमको पहाडी जिल्ला डोटीको एक किराना पसल र होटलमा आगलागी हुदा १२ लाख बराबरको सामान जलेर नष्ट भएको छ ।
डोटी, शिखर २ कालागाड स्थित डम्मर बहादुर जोराको जस्तापाता र काठले बनेको १ तले कच्ची किराना पसल र होटलमा आगलागी हुँुदा सो सामान जलेर नष्ट भएको हो ।
होटलमा खाना पकाउने ग्याँस लिक भई अचानक आगलागी भएको र सँगै जोडिएर रहेको मासु पसलमा समेत आगलागी हुँदा होटल पसल भित्र रहेका नगद, फर्निचर, भाँडा वर्तन, फ्रिज,खाद्यान्न, १० वटा बोईलर कुखुराको जली मृत्यु भएको प्रहरीले जनाएको छ ।
दैनिक उपभोग्य सामानहरु गरी अन्दाजी र।१२,००,०००।– बाह्र लाख बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षति नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी कार्यालयले जनाएको छ । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













