धनगढी । कैलालीमा १ लाख १७ हजार मुल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ । प्रहरी उपरीक्षक पदम बहादुर बिष्टको नेतृत्वमा खटिएको प्रहरी टालीले भजनी ५ बाट सो मुल्यको सामान बरामद गरेको हो ।
सो स्थानबाट प्रहरीले साइृकलको टायर ७५ पिस, कुर्ति २०० पिस,बिडी १०० प्याकेट, कपडा सिलाउने मेसिन १ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
बरामद गरिएको सो सामान आबश्यक कार्बाहीका लागी भन्सार कार्यालय पठाउने तयारी भईरहेको उनले बताए ।
प्रहरीले १ लाख १७ हजार मुल्यको सामान बरामद
प्रहरीले १ लाख १७ हजार मुल्यको सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













