धनगढी- नेपाल प्रेस युनियनले एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा देशभरका पत्रकारहरु आन्दोलित हुने चेतावनी दिएको छ ।
आज प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले एक बिज्ञप्ती प्रकाशित गर्दै सो चेतावनी दिएका हुन ।
नेपाल प्रेस युनियनसँग गरेको प्रतिबद्धता कार्यान्वयन नगरी विधानअनुसार सदस्यता विवाद नटुङ्ग्याइ निर्वाचन गर्न तम्सिय त्यसको क्षति महासंघले व्यहोनु पर्ने विज्ञप्तीमा भनिएको छ । सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यान आर्कषण गरेको छ ।
‘महासंघका शाखा र प्रदेश कार्य समितिले सिफारिस गरेका सदस्यलाई हटायर महासंघको कुनै पनि वैध संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यस अघि नै असहमती जनाई सकेको छ’ बिज्ञप्तीमा उल्लेख छ ।
‘असार ९ गते पत्रकार महासंघको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे माग सहित २४ घण्टे ध्यानआर्कषण गराएको स्मरण गराउन चाहान्छु’ विज्ञप्तिमा भनिएको छ । महासंघको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने सहमति भएको थियो । तर सो समय घर्किन लाग्दा पनि पत्रकार महासंघको नेतृत्वले युनियन सँग कुनै सम्बाद नगरी व्यवस्ता गरेर एक पक्षिय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा घोर आपति भएको विज्ञप्तिमा उल्लेख छ ।














