कैलाली । नेपाल पत्रकार महासंघको प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल प्रेस युनियन कैलालीले आज प्रदेश महासंघमा तालाबन्दी गरिएको हो ।
नेपाल पत्रकार महासंघका कुनै बैध संरचनाले सिफारिस गरिएका गैर पत्रकारको सदस्यता खारेज गर्नु पर्ने भन्दै तालाबन्दी गरिएको प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाले बताए ।
पत्रकार महासंघ, शाखा र प्रदेश समितिले बिधान,बिधि,प्रक्रिया अनुसार सिफारिस गरेका सदस्य कायम गर्नु पर्ने माग हाम्रो रहेको उनले बताए ।

प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नु पर्ने,महासंघलाई बिधान अनुसार संचालन गर्नु पर्ने, निर्बाचन तालिका स्थगित गरी सदस्यता बिबाद टुंग्याएर मात्र नेपाल पत्रकार महासंघको निर्बाचन हुने बातारबरण सुनिश्ति गर्नु पर्ने युनियनको माग रहेको उनको भनाई छ ।
प्रेस युनियन केन्द्रीय समितिको आह्वान अनुसार प्रदेश महासंघमा पनि तालाबन्दी गरिएको अबस्थीले बताए ।













