धनगढी । धनगढी उपमहानगरपालिका–१ नेपाली काँग्रेस पार्टी कार्यालय नजिक अस्थायी रुपमा बसोबास गर्दै आएका विपन्न, गरिब तथा दलित परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
पत्रकार बिरेन्द्रबहादुर रावलले सो स्थानमा बसोबास गर्दै आएका १० घर परिवारलाई आइतबार स्थलगत गएर खाद्यान्न वितरण गरेका हुन् ।
पत्रकार रावलले प्रति घर परिवार दुई किलोग्राम चामल, भूजा, चाउचाउ र एक पाकेट नुन वितरण गरेको बताए ।
धनगढी उपमहानगरपालिका–१ नेपाली काँग्रेस पार्टी कार्यालय नजिक अस्थायी रुपमा बसोबास गर्दै आएका विपन्न, गरिब तथा दलित परिवारका घर केही दिनअघि उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको थियो ।
उपमहानगरपालिकाले घर भत्काएपछि वर्षादका बेला बिचल्लीमा परेका उनीहरु सोही स्थानमा पाल टाँगेर बस्दै आएका छन् ।













