कैलाली । नेपाल पत्रकार महासंघ कैलालीमा धर्ना दिएको छ । आज प्रेस युनियन कैलालीले पत्रकार महासंघ,शाखा र प्रदेश समितीले बिधान,बिधि प्रकृया अनुसार सिफारिस गरेका सदस्य कायम गर्नु पर्ने माग राख्दै महासंघमा धर्ना दिएको प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाले निशाना न्युजलाई जानकारी दिए ।
नेपाल पत्रकार महासंघका कुनै बैद्य संरचनाले सिफारिस गरिएका गैर पत्रकारको सदस्यता खारेज गर्नु पर्ने,प्रकृया पुगेका कृयाशिल पत्रकारलाई सदस्यता प्रदान गर्नु पर्ने र निर्बाचन प्रकृया स्थगित गरी सदस्यता बिबाद टुग्याउनु पर्ने माग प्रेस युनियनको रहेको उनले बताए ।यदि हामीले अगाडी बढाएका मागपुरा नभए चरणबद्ध आन्दोलनको थालनी गरीने उनले बताए । उनले सबै जिल्ला देशै भरीको महासंघमा तालाबन्दी गरिएको बताए ।













