काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति सोमबार मध्यरातमा भएको छ । दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति ललितपुरको एक होटलमा भएको दुबै दलनिकट नेताहरूले पुष्टि गरेका छन् । दुई दलका दोस्रो तहका नेताहरुले राति नै लिखित सहमतिको मस्यौदा पनि तयार गरेका छन्।
दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको पनि जानकारी स्रातले दिएको छ ।













