धनगढी- चुरे गाउँपालिका–१ स्थित साहिल बवैनामा जस्तापाता वितरण गरिएको छ । स्थानीय भगवती सामुदायिक वनको आर्थिक सहयोगमा सो गाउँका ९० घर परिवारलाई जस्तापाता वितरण गरिएको हो । अति विपन्न र विपन्न नागरिकलाई जस्तापाता सहयोग गरिएको छ ।
घर भएका तर जस्तापाताले छाउन नसक्ने आर्थिक अवस्थाका स्थानीयहरूलाई सामुदायिक वनले सहयोग गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।गाउँ बस्तीका घरहरूको माथिल्लो तला पराल र घाँसले छाएका हुने भएको र त्यसलाई विस्थापित गर्न जस्तापाता वितरणमा सहयोग गरेकोमा सामुदायिक वनललाई उनले धन्यवाद दिए ।
जनतालाई आगलागीबाट बचाउन र पानी चुहिने समस्याबाट मुक्ती दिन पनि जस्तापाता वितरणले राहत पुगेको उनको भनाइ थियो । जस्तापाताबाट नागरिकले सुरक्षित बासको ब्यवस्थामा सहयोग पुग्ने विश्वास सामुदायिक वनका अध्यक्ष जीवन थापालले गरे ।













