• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ४. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत

  •   बुधबार, असार २०, २०८१ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादी को १० औँ राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । असार १६ देखि २० गतेसम्मलाई निर्धारण भएको महाधिवेशन चौथो दिनसम्ममा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम जारी छ ।प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल भएको हो । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुने सो पार्टीले जनाएको छ ।‘बुधबार बेलुकासम्म प्रतिवेदनको निष्कर्ष सुनाउने क्रम सकिन्छ र पारित हुन्छ’, उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ नेता खतिवडाले सकभर २० गतेभित्रै महाधिवेशन सक्ने प्रयास भइरहेको पनि बताए । तर नेतृत्वमा सहमति नजुटे र निर्वाचन प्रक्रियामा जानु परेको खण्डमा अझै एक दुई दिन समय थप गर्नुपर्ने अवस्था आउनसक्ने खतिवडाको भनाई छ ।
नेतृत्वमा सहमतिको कसरत
दसौँ महाधिवेशनमार्फत अध्यक्षमा दोहोरिने चाहाना माधव नेपालको छ । तर तत्कालीन एमालेसँगको विद्रोहमा माधवलाई साथ नदिएका महासचिव घनश्याम भुसालले पनि अध्यक्षमै दाबी गरिरहेका छन् । यदि भुसाल आफ्नो दाबीबाट पछि नहटे नेपाल र भुसालबिच प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि सम्मानित नेता झलनाथ खनालले समेत अध्यक्षमा आकाङ्क्षा देखाउँदै दाबी रहने बताएका थिए । तर महाधिवेशन सुरु भएसँगै खनाल पूर्व निर्णयबाट लगभग पछि हटिसकेका छन् । यस्तो अवस्थामा खनाल र नेपालबिच नै प्रतिस्पर्धा हुने महाधिवेशन प्रतिनिधिहरूको बुझाई छ ।

तर महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरूको मत सहमतिमै नेपाललाई अध्यक्ष बनाउनुपर्छ भन्ने धेरै भएको बताइएको छ । यसका साथै केही नेताहरू अध्यक्षमा नेता नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत गर्नुपर्ने भन्दै दौडधुपमा लागेका छन् । नेपाल र भुसालको अध्यक्षमा दाबी रहेकै बेला मंगलबार बेलुका सचिव रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठले अध्यक्षका आकाङ्क्षी नेपाल र भुसाललाई भेटेर छलफल गरेका छन् । नेपाल र भुसाल दुवैलाई छुट्टाछुट्टै भेटेर उनीहरूले नेपाल अध्यक्ष र भुसाल महासचिवमा दोहोरिँदा उपयुक्त हुने सुझाव दिएका छन् । श्रेष्ठ र झाँक्रीको सुझावमा अध्यक्ष नेपाल सहमत भए पनि भुसाल भने सहमत हुन नसकेको बुझिएको छ ।

विकल्पमा श्रेष्ठ र झाँक्रीले भुसाललाई वरिष्ठ उपाध्यक्षमा बढुवा गर्न सकिने प्रस्ताव पनि गरेका थिए । त्यो प्रस्तावमा भुसालले कुनै जवाफ नदिए पनि अन्ततः सहमतिमा आउने नेताहरूको बुझाइ छ । अध्यक्ष, महासचिव र वरिष्ठ नेतामा सर्वसम्मत भए अन्य पदमा पनि सहमति खोज्न बाटो खुल्ने नेताहरूको भनाइ छ । ‘पार्टी जोगाउन पनि सहमतिको विकल्प छैन’, नेता किसान श्रेष्ठले भने, ‘हामी पद भन्दा पनि पार्टी जोगाउन सहमतिको प्रयास गरिरहेका छौ । लगभग बिहीबार बिहानसम्म नेतृत्वमा सहमति जुट्छ ।’

त्यस्तै महाचचिवमा अहिलेसम्म जगन्नाथ खतिवडाले मात्रै दाबी गर्ने घोषणा गरेका छन् । अघोषित रूपमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, डा। विजय पौडेल र जीवनराम श्रेष्ठले पनि महासचिवमा आकाङ्क्षा राखेका छन् । तर ज्वाला, तुलाधर, पौडेल र श्रेष्ठ प्रतिस्पर्धा हुने अवस्था आए पछि हट्न सक्ने सम्भावना रहेको कतिपय नेताहरूको दाबी छ ।

अर्को महत्त्वपूर्ण पद वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले आकाङ्क्षा देखाएका छन् तर भुसाललाई त्यो पदमा व्यवस्थापन गर्दा पाण्डे उपाध्यक्षमै सीमित रहनुपर्ने बाध्यता हुनेछ । एमालेसँग विद्रोह गर्दा माधवलाई साथ दिनेमध्येकी रामकुमारी झाँक्रीलाई भने उपाध्यक्ष बनाउने तयारी भएको समेत सर्वसहमत पक्षधरको भनाइ छ । ‘उपाध्यक्षमा एक जना महिला सुनिश्चित गरिएको छ त्यसमा रामकुमारी झाँक्रीको चाहाना देखाउनुभएको छ’, एक नेताले भने, ‘त्यसो भएको खण्डमा रामकुमारी र जयन्तीदेवी राई दुई जना उपाध्यक्ष बन्ने सम्भावना छ ।’

एकीकृत समाजवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधानमा प्रस्ताव गरेको छ ।रातोपाटीबाट

 

बुधबार, असार २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ४.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.