धनगढी । कैलाली र कंचनपुरबाट २ लाख बढीका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कैलालीको
धनगढी १३ राजपुर, टीकापुर ६ प्रतिपुल स्थित भित्री सडक खण्ड, ९ बालुवाटार र कैलारी ६ बेनौलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।१,७४,३५०।– बराबरको बिडी, सुर्ती, आटा छान्ने छन्नी, स्टिलका कचौरा, टिफिन, फलामको कराही, स्टिलको खाना राख्ने हडकेश, प्लास्टिकका बिभिन्न सामान, लुगा धुने ब्रस,प्लाष्टिक खाने बोतल, प्लाष्टिकका बाटा, साबुन दानी, चुरा, डाबर तेल, लेडिज काटा, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै कञ्चनपुर, भिमदत्त ६ ऐठपुर स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।४३,५५२।– बराबरको प्याज, चिनी, जिरा, धनिया लगायतका सामानहरु वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीले दुई लाख बढीका सामान बरामद
प्रहरीले दुई लाख बढीका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













