धनगढी । कैलालीमा प्रहरीले कैद सजाय ठहर भई फरार रहेको दुई जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएको गौरीगंगा न।पा।१ बस्ने बर्ष ५० को मोहन चौधरी सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको गोदावरी न।पा।३ बस्ने बर्ष ४३ कोसुरत बहादुर खड्का रहेका छन ।उनीहरुलाई बिहिबार साँझ जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसारफैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई उनीहरु फरार रहेका थिए ।













