वैतडी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वैतडीमा सचेतना मुलक कार्यक्रम गरिएको छ । आज ईलाका प्रहरी कार्यालय पाटन, प्रहरी चौकी नागार्जुन, बलारा र हल्दुबिनायक बैतडीबाट खटिएको प्रहरी टोलीले महिला हिंसा, साईबर अपराध र आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो । आफ्नो वडा पर्ने समुदाय स्थरमा गई स्थानिय समाजसेबी, बुद्बीजिबी, सर्बसाधारण मानिसहरुको उपस्थितीमा सो कार्यक्रम गरि बृक्षारोपण समेत गरिएको प्रहरीले जनाएको छ ।













