धनगढी । कैलालीको धनगढी ४उत्तरवेहडी बस्ने पूर्व राष्ट्रिय फुटवल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा निधन भएको छ। खड्काको आज दिउँसो ११ बजे निधन भएको हो।
घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएर उपचारकै क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ।













