कैलाली । अभद्र व्यवहार गर्ने तिन जना मानिस लाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने बर्ष ४७ को बिर बहादुर डगौरा, जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका १ बस्ने बर्ष २४ को पुकार बिक र जिल्ला सोलुखुम्बु दुधकोशी गाउँपालिका ७ बस्ने बर्ष ३४ को प्रेम दोर्जे राई रहेका छन ।
धनगढी उपमहानगरपालिका ७ मनेहरा स्थित धनगढी मण्डली नाम गरेको चर्चमा उनीहरुले बादबिवाद, हातपात गरी सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको भनि राजेन्द्र चन्द समेतले यस कार्यालयमा जाहेरी दिएकोमा निजहरुको नाममा पक्राउ पुर्जी जारी गरी यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले सोही दिन निजहरुलाई जिल्ला कैलाली धनगढी उप महानगरपालिका ७ मनेहरा स्थित धनगढी मण्डलीबाट पक्राउ गरी अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवं प्रहरी निरीक्षक गंगा दत्त बडु ले जानकारी दिए ।
अभद्र व्यवहार गर्ने तीन जना मानिस पक्राउ
अभद्र व्यवहार गर्ने तीन जना मानिस पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













