काठमाडौं । सुनसरी, भोक्राहानरसिंह गाउँपालिका९६ फुल चोकस्थित सडकमा प्रदेश १—०२—००१ ख ८१५६ नम्बरको ट्रकले को २४ प ८४७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण उरावको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी न्यूरो अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । काभ्रे, धुलिखेल नगरपालिका ३ बाँसघारीस्थित सडकमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बाप्र०१—००४ क ०१३० नम्बरको मिनि टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, शुद्धोधन गाउँपालिका ३ सखुवानीमा लु २१ प ८६७२ नम्बरको स्कुटरलाई बा २९ प २२०० नम्बरको मोटरसाइकलले ठक्कर दिई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६२ वर्षीया दिल कुमारी जिसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमशन हस्पिटल मणीग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













