धनगढी- डडेल्धुरामा घरको बार्दलीबाट लडेर एकजनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको घरको बार्दलीबाट लडेर मृत्यु भएको हो ।
घरको छानो छाउने क्रममा घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएका सार्कीलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













