धनगढी- कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका–४ का ४५ वर्षीय गुलाब चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र रु.२ हजार जरिवाना तोकिएका निज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।















