धनगढी- सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि आज नयाँ सरकार गठन हुन लागेको हो ।
शुक्रबार नै प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । उनले दाबी पेश गर्ने समय आज (आइतबार) साँझ ५ बजेसम्मको समय तोकेका छन्। केन्द्रीय गठबन्धन अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नेपाली कांग्रेसको भागमा परेको छ । मुख्यमन्त्री चयनका लागि ११ बजे नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। अहिले कांग्रेस संसदीय दलका नेता प्रदेशसभा सदस्य एवं पूर्व मुख्यमन्त्री कमलबहादुर शाह छन् ।
मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषय अहिले नै टुंगो लागि सकेको छैन्। आज बस्ने कांग्रेस संसदीय दलको बैठकपछि मात्र मुख्यमन्त्रीको टुंगो लाग्ने बताइएको छ।













