धनगढी- सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन् । उनले नेकपा (एमाले) को समर्थनमा आज प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार आइतबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । केन्द्रीय गठबन्धन अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नेपाली कांग्रेसको भागमा परेको छ । शाह पूर्व मुख्यमन्त्री समेत हुन् ।















