धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह सोमबार नै सरकारलाई पूर्णता दिने गरी अघि बढेका छन् ।
शाह कांग्रेस संसदीय दलका नेता पनि हुन् । उनले सत्ता साझेदार दल नेकपा एमालेलाई ३ मन्त्री र १ राज्यमन्त्री दिएर सरकारमा सामेल गराउँदै छन् ।
एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ। एक राज्यमन्त्री पनि उसले पाएको छ ।
एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने भएको छ ।
उनीहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा पनि सामेल थिए । यसपालि भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा निर्मला देवी साउदले मौका पाएकी छन् ।













