काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए ।खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । यताबाट बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको झाको भनाई छ ।
कम भिजिबिलिटी ९भिएफआर० अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।
खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।रातोपाटीबाट













