धनगढी । कैलालीवाट प्रहरीले एक लाख वढीको भन्सार छलीको सामान वरामद गरेको छ ।
प्रहरी कार्यालय कैलाली र मातहत बाट खटिएको प्रहरी टोलीले कैलालीका विभिन्न ठाउवाट सो वरावर छलीका सामाान वरामद गरेको हो ।
कैलाली धनगढी उपमहानगरपालिका वडा ३ बाट रु८०,६५० मुल्य पर्ने बिभिन्न किसिमका कपडाहरु त्यसैगरी जिल्ला कैलाली टिकापुर नगरपालिका ९ खैरिपुर स्थित अन्दाजी मुल्य रु।१८,२०० बराबरको चिनि ३० किलो, प्याज ३० किलो र चप्पल २५ जोर, जिल्ला कैलाली कैलारी गाउँपालिका ७ मोहनपुर स्थित मोहना नदिको किनारामा रहेको अस्थायी टहरामा अन्दाजी मुल्य रु। ३२,०००।९ बराबरको ८ वटा प्लाष्टिक कट्टाहरु र ८० किलो सुकेको खुर्सानी, जिल्ला कैलाली भजनी नगरपालिका ५ लालबोझी स्थित अन्दाजी मुल्य ६,५००। बराबरको सिलिङ पंखाको ब्याट्री ५० थान र औषधि प्लास्टिकको बोतल १ थान, जिल्ला कैलाली टिकापुर नगरपालिका ९ ठोसेबजार नजिक सडक खण्डमा अन्दाजी मुल्य रु। २०,०२०। बराबरको चिनि ५६ किलो, केराउ १६ किलो, सेतो प्लाष्टिक, रक्षा धागो ८० पिस पानीपुरी ४ किलो र रिफाईन तेल १० लिटर बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्तmा लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।













