• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

पानीको निकास थुनिँदा कलुवापुर बजार जलमग्न

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित

कञ्चनपुर- वर्षात्को पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन् । दुई वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ । पानीको निकासका लागि राखिएको ह्युमपाइप थुनेर घर निर्माण गरिएपछि बजार क्षेत्र जलमग्न हुँदै आएको स्थानीय बासिन्दा गणेशबहादुर ऐरले बताए ।

“पानीको निकासका लागि सम्बन्धित निकायमा पटकपटक अनुरोध गर्दै आएका छौँ”, उनले भने, “अनुगमन गर्ने कार्यबाहेक पानी निकासको उपाय निकाल्नेबारे कुनै निकायले काम अगाडि नबढाउँदा समस्यामा परेका छौँ ।” सडक अतिक्रमण गरी बनाएका घरलगायत पक्की संरचना हटाएर पानीको निकास खोल्नका लागि एकले अर्कालाई दोष थोपर्ने कार्यले सास्ती भोग्दै आएको उनको भनाइ छ । वर्षौँ पहिलेदेखि वर्षाको पानी बग्दै आएको निकास थुन्नेलाई कारबाही गरिनुपर्ने स्थानीय बजारवासीको माग छ ।

केही सीमित व्यक्तिहरूको अवरोधका कारण यात्रु, विद्यार्थी, सर्वसाधारणले निकै सास्ती खेप्दै आएका स्थानीय समाजसेवी नवराज पन्तले बताए । “मानव सिर्जित समस्या भएकाले स्थानीय तहले यसको तत्काल निराकरण गर्नुपर्छ”, उनले भने, “दोषीमाथि कारबाही नहुँदा क्षणिक रूपमा समाधान गर्न खोजिन्छ, त्यसैले समस्या बल्झिँदै आएको छ ।”

पानीको निकास नहुँदा नै सार्वजनिक शौचालय प्रयोगविहीन बनेको छ । शौचालयको पानी बगेर डुबान भएको क्षेत्रमा पुग्दा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना पनि उत्तिकै रहेको छ । बजार क्षेत्रको सडक मात्र नभएर वर्षात्को पानी स्थानीय व्यवसायीका पसलभित्र पस्न थालेको छ । थोरै पानीमा पनि बजार क्षेत्र जलमग्न हुने गरेको छ । तत्काल पानीको निकास नखोलिए स्थानीय बासिन्दाले पालिकाविरुद्ध सङ्घर्षका कार्यक्रम अगाडि बढाउने बताएका छन् ।

“बजार क्षेत्र डुबानको समस्या समाधान गर्न सम्बन्धित व्यक्तिहरूलाई नगरपालिका कार्यालयमा बोलाएर पानीको निकास खोल्नका लागि भनेका छौँ”, नगर उपप्रमुख कल्पना पन्तले भने, “निकास नखोले अटेरी गरी सडक क्षेत्र अतिक्रमण गरी बनाएको संरचना हटाउने वा कानुनी प्रक्रियामा जाने भन्नेबारे आवश्यक छलफल भइरहेको छ, निकास निकाल्न प्रयासरत छौँ । ” आवतजावतलाई सहज बनाउन सडक गहिरो भएको क्षेत्रमा ग्राभेल राख्ने कार्य भइरहेको उनको भनाइ छ । रासस

  • बजार जलमग्न
बुधबार, साउन २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.