घनगढी- कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्युभएको छ । बुधबार शुक्लाफाँटा नगरपालिका–४ आसपुरीस्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया विपना चुनाराको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँकी १३ वर्षीया दिविका सुनारको घाइते अवस्थामा उद्दार भई उपचार भईरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तैै, भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित वडा १९ को कार्यालय पछाडि रहेको पानीको तलावमा डुबेर सोही ठाउँका ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रानालाई डुबिरहेको अवस्थामा उनकी आमाले घाइते अवस्थामा फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।















