कैलाली । जनता राष्ट्रिय माध्यमिक विद्यालय हाताभित्र सरस्वती मन्दिर निर्माणका लागि चार वटा निर्णय गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँका जेष्ठ नागरिकको तेस्रो बैठकले सो निर्णय गरेको हो ।
मन्दिर शिखर शैलीको हुने,आगामी भदौ ३ गते शिलन्यास गर्ने,प्राविधिकको स्टमेटका लागि वडाध्यक्ष विजयराज जोशीलाई आग्रह गर्ने र आर्थिक सहयोगका लागि विभिन्न संघ–संस्था र इच्छाएका व्यक्तिलाई अपील गरेर अघि बढने निर्णय भएको सामजसेवी एवं पूर्व शिक्षक लोकराज पाण्डेयले निशाना न्युजलाई जानकारी दिए ।
समाजसेवी प्रेम ठकुल्ला, हरिश खडका, वडाध्यक्ष विजयराज जोशी,समाजसेवी पूर्ण कुँवर,लोकराज पाण्डेय,खडक राना,नन्दराज ओझा, प्रमानन्द भट्ट, टेकराज भट्ट, सुरेश रिजाल ,हरिश वोहरालगायतका व्यक्तिले प्रस्ताव गरेपछि सो निर्णय गरिएको उनले वताए । वैठकले ५ हजार वढी सहयोग गर्ने व्यक्तिको शिलालेखमा नाम लेख्ने प्रस्ताव आएको पनि उनले वताए ।
वडा अध्यक्ष विजयराज जोशीले मन्दिर निर्माणका लागि आर्थिक,सामाजिक र भौतिक रुपमा सहयोग रहने बताए । यो प्रस्ताव एक दमै राम्रो रहेको र यसले समाजमा भाइचाराको सम्वन्ध पनि स्थापित भएर जाने उनकोे भनाइ छ ।
यसअघिका बैठकमा मन्दिर निर्माण पश्चात बृहत कार्यक्रम गरी स्कुललाई हस्तान्तरण गर्ने र वचत रकमबाट विद्यालय मार्फत अक्षयकोष निर्माण गरिने कुरामा पनि छलफल भएको समाजसेवी प्रेम ठकुल्लाले बताए । मन्दिर निर्माणका लागि यसअघि जेष्ठ नागरिकले कार्यकारी समिति गठन पनि गरिसकेको उनले बताए ।
मन्दिर निर्माणका लागि जेष्ठ नागरिकले गरे चार निर्णय
मन्दिर निर्माणका लागि जेष्ठ नागरिकले गरे चार निर्णय
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













