धनगढी- बाजुरामा घरको भ¥याङबाट लडेर एकजनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको बुढीनन्दा नगरपालिका–७ खड्कावाडाका ४५ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको हो ।
खड्काको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भ¥याङ (सिडी)बाट लडेर टाउकोमा चोट लागि घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













