धनगढी- प्रहरीले कैलालीबाट एकजना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका–५ का ४५ वर्षीय
तिले साउद रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा रु.१८ हजार ४४० जरिवाना तोकिएको निज साउदलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।













